ABOUT US
WELCOME to Sungava coop
सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.,प्रदेश नं.१ मातहतको इलाम जिल्ला सदरमुकाम इलाम नगरपालिका वडा नं. ७, इलाममा अवस्थित सहकारी संस्था हो । स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोगको विकास गरी आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ साप नेपाल (SAP Nepal) को दिर्घकालिन साझेदारी कार्यक्रम अन्र्तगत बचत कार्यक्रमलाई अगाडी बढाउने उद्धेश्यले तत्कालिन सुनगाभा क्लबका कोषाध्यक्षलाई प्रशिक्षणमा पठाइयो । प्रशिक्षणबाट फर्किए पश्चात पेश गरिएको प्रतिवेदन अनुसार बचत कार्यक्रम संचालन गर्ने निर्णय गरियो । तत्कालिन सुनगाभा क्लबका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा संस्थाका पदाधिकारीहरुको वैठक २०५२ भाद्र ३ गते बस्यो । उक्त बैठकले बचत तथा ऋण सहकारीको गठन गर्ने निर्णय सहित दिनेश काफ्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्यो । उक्त समितिलाई सहकारी संस्था गठन गर्न आवश्यक कार्य सम्पन्न गर्न सम्पुर्ण अधिकार दिइयो । उक्त समितिले आवश्यक तयारी पुरा गरेर सहकारी ऐन २०४८ अनुसार २०५२ भाद्र १६ गते प्रारम्भिक भेला सम्पन्न गर्यो ।
उक्त भेलाले दिनेश काफ्लेको संयोजकत्वमा तदर्थ समिति गठन गरी आवश्यक निर्णय गर्यो । दर्ता प्रकृयाको आवश्यक तयारी पुरा भएपछि तत्कालिन जिल्ला सहकारी कार्यालयमा आवेदन गरीयो र २०५२ पुस १८ गते सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.इलाम नामको संस्था विधिवत दर्ता भएपछि यसले आफनो कार्य प्रारम्भ गर्यो । संस्था स्थापना पश्चात प्राविधिक कारणबस यो संस्था केही समय निष्कृय रहन गयो । २०६० साल असार ७ गते सम्पन्न साधारण सभाले नयाँ कार्य समितिको चयन गरेपछि यसले पुनः आफनो सकृयतालाई बढाउदै लग्यो र आजको रुपमा आई पुग्न सफल भयो ।
इलाम नगरपालिकाको साविकको १ र २ नम्बर वडाहरुलाई केन्द्र विन्दु बनाई संस्थाले विगतवाट नै बचतका विभिन्न प्रकारहरुबाट बचत संकलन सहित माग वमोजिम ऋण परिचालन गर्ने कार्यलाई निरन्तरता दिदै आई रहेकोमा आगामि दिनमा हालको नगरको संरचनागत अवस्था र कार्यक्षेत्रलाई ध्यानमा राखि क्रमिक रुपमा यस इलाम नगरपालिकाका १२ वटै वडाहरुमा सेवा विस्तार गराईने छ । वि.सं. २०६८ सालको जनगणनाको आधारमा हाल थप भएका वडा र क्षेत्रफललाई गणना गर्दा इलाम नगरपालिकाको कुल क्षेत्रफल १७३।३२ वर्ग कि.मि.,कुल घर धुरी संख्या, ११,४३९,कुल जनसंख्या ४८,५३६,कुल महिलाको संख्या २५,०७५ र कुल वडा संख्या १२ वटा रहेका छन् ।
यस सहकारीले संस्थाको रणनितिक तथा ब्यवसायीक योजना तय गर्ने भनि र्निणय गरेअनुसार संस्थाको आयोजनामा चार बर्षिय रणनितिक तथा ब्यवसायीक योजना तयार गर्नको लागि मिति २०७६ साल जेष्ठ ६ देखि ८ गते सम्म संस्थाका पदाधिकारी,लेखा सुपरिवेक्षण समितिका पदाधिकारि,कर्मचारी र केहि शेयर सदस्यको उपस्थितिमा कार्यशाला गरेको थियो ।सहकारी संस्थाहरुको संस्थागत उद्देश्य पुरा गर्नका लागि संस्थाको नियन्त्रणमा रहेको र संस्थाले परिचालन गर्न सक्ने स्रोत, साधनका आधारमा संस्थालाई व्यवस्थित र दिगो रुपमा संचालन गर्नका लागि सहकारीका बिभिन्न समिति, उप–समितिका पदाधिकारीहरु, कर्मचारी, शेयर सदस्यहरु बीचको आपसी छलफल प्रश्चात यो योजना तयार गरिएको हो ।
विभिन्न आयोजना, उद्योग धन्दा, व्यवसायहरु र संघ संस्थाहरु पनि असफल हुनाका कारण मध्ये तिनिहरुको ब्यवस्थित संचालन गर्न आवश्यक योजना नहुनु पनि हो । अझ बचत तथा ऋण सहकारीहरुको मूख्य व्यवसाय भन्नु नै आर्थिक कारोबार भएकाले पनि विनायोजनाको आर्थिक कारोबार सहकारीको पक्षमा हुन्छ भनेर कल्पना समेत गर्न अप्ठ्यारो महशुस हुने भएकोले समेत योजना तयार गरि कार्यन्वयन गर्ने अठोट गरिएको हो । सहकारीले संस्थाले स्थानीय स्तरमा छरिएर रहेको रकमलाई कहाँबाट के कसरी संकलन गर्ने र कसरी परिचालन गर्ने भन्ने कुरा लिखित रूपमै स्पष्ट नभएसम्म संस्था डुब्ने संभावनासमेत रहन्छ । तसर्थसंस्थामा भविश्यमा हुन सक्ने जोखिमहरुको न्यूनीकरण गर्न सकियोस भन्नाका खातिर यो योजनाले सहकारी व्यवसायको उचित व्यवस्थापन, दुरदर्शी निर्णय प्रकृयालाई सहयोग पुर्याउने आशा एवं बिश्वास लिई सहकारी संचालनमा चाहिने बिभिन्न तत्वहरु बीचको अन्तर सम्बन्धहरुका बारेमा मार्गदर्शकको रुपमा यो चारवर्षिय रणनितिक तथा व्यवसायिक योजनाको तयार गरिएको छ ।
संस्था तथा व्यवसायको संक्षिप्त चिनारी :
यस सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. इलाम नगरपालिका इलाम भित्र रहेको छ । साविकको संरचना अनुसार इलाम नगरपालिकाका ९ वटा वडाहरुमा यस्को कार्य क्षेत्र रहेता पनि हालको संरचना गत हिसवमा इलाम नगरपालिका १२ वटा वडाहरु रहेता पनि संस्थाले हालका दिन सम्म साविक वमोजिम सेवा विस्तार गरिरहेको छ । आगामि दिनमा नगरपालिकाको १२ वटै वडाहरुमा संस्थाले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्दै सेवामा समेत विविधिकरण गर्ने छ । यस क्षेत्रका महिला तथा बिपन्न बर्गका समुदायहरुलाई आफूले आर्जन गरको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न प्रेरित गरि संकलन गरिएको तथा स्थानिय समुदायमा रहेका मध्यम तथा निम्न आर्थिक जिवनस्तर भएका शेयर सदस्यहरुको आय आर्जनमा सहयोग पुर्याउन यस सहकारीको माध्यमबाट बिभिन्न प्रयासहरु गरिएको छ । यस सहकारीले संस्थामा संकलन भएको तरल रकम शेयर सदस्यहरुलाई घरेलु सीपमलक र आयमूलक कार्यका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेर सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने अभिप्रयका साथ निरन्तर रुपमा अगाडि बडिरहेको छ ।यस सहकारीको प्रमूख उद्देश्य भनेको सदस्यहरु माझ छरिएर रहेको पूँजी संकलन गरी बचत गर्ने वानीको विकास गर्दै संकलित पूँजी सदस्यहरु माझमा नै विभिन्न साना उद्योग, आयमूलक, व्यापार र व्यबसाय तथा अन्य कार्यमा ऋण परीचालन गर्नु हो । संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न आय भएका सदस्यहरुलाई बचत गर्न सिकाउदछ जसले गर्दा वर्तमानमा गरेको थोरै बचतले भविष्यमा पर्ने आर्थिक संकटहरुको समाधान गर्न मद्धत पुग्दछ ।
यो रणनीतिक तथा ब्यबसायिक योजना २०७६ साल श्रावण १ देखि २०८० साल आषाढ मसान्त सम्म कार्यन्वयनमा ल्याइने छ भने अर्को रणनितिक तथा व्यवसायिक योजना तयार गर्नु पर्ने ठहर भएमा यो योजनाको अवधि समप्त हुने मिति भन्दा कम्तिमा १५ दिन अगावै अर्को योजना तयार गरिनेछ । प्राकृतिक तथा स्थानीय स्रोत र साधनहरुको उचित व्यवस्थापन मार्फत यस संस्थाका शेयर सदस्यहरु सँगै अन्य समुदायका मानिसहरुको आर्थिक विकासमा प्रेरित गर्न, दिगो आर्थिक विकासको सम्बन्धमा योजना र्निमाण एवमं कार्यान्वयनमा महत्वपूण भूमिका निर्वाह गर्न सक्नुका साथै सकारात्मक एवम रचनात्मक परिवर्तनको प्रभावशाली संवाहक हुने भन्ने मान्यता स्थापित गर्न तथा समाज विकासका क्रममा सहकारीका सदस्यहरुको क्षमतामा अभिवृद्धि गर्न महिला सहभागिता र विकासलाइ साझेदारीका माध्यमबाट सामाजिक तथा आर्थिक समृद्धि गर्ने उद्देश्यले यो प्रारम्भिक रणनितिक योजना तयार पारिएको छ ।
परिकल्पना
सहकारी सिद्धान्त अनुसार निम्न आय भएका सर्वसाधारण व्यत्तिफ्हरुलाई उत्पादन मुलक, शीपमूलक आय आर्जन तथा अन्य कार्यत्रफ्महरुमा सरिक गराई उनीहरुको आर्थिक, सामाजिक अवस्थालाई सुदृढ बनाई सक्षम, सुद्धृढ र उत्कृष्ठ सहकारीको रुपमा स्थापित हुने ।
ध्येय
"सहकारी सिद्धान्त अनुरुप दिगो वित्तीय सेवा मार्फत सदस्यको आर्थिक जीवनस्तर उकास्ने संस्था"
दीर्घकालिन उद्देश्यहरु / कार्यहरु
क.) सदस्यहरुबाट बचत संकलन गरि ऋण परिचालन तथा उत्पादन कार्यमा लगानी गर्ने ।
ख.) सहकारी शिक्षा तथा ग्रामीण विकासमा आधारित कार्यत्रफ्महरु सञ्चालन गर्ने ।
ग.) स्वास्थ्य तथा परिवार कल्याण शिक्षा कार्यत्रफ्म सञ्चालन गर्ने ।
घ.) महिला तथा प्रौढ शिक्षा सञ्चालन गर्ने ।
ङ.) बालबालिकाको लागि पौष्टिक आहार, औषधि जस्ता विशेष महत्वपूर्ण कुराहरुको व्यवस्था गर्ने ।
च.) सामाजिक हित कार्यत्रफ्म सञ्चालन गर्ने ।
छ.) संस्थाले एकल वा अन्य समान प्रकृतिका संस्थासँगको साभफ्दोरीमा उद्योग तथा व्यवसायहरु सञ्चालन गर्ने ।
ज) विप्रेषण (रेमिटेन्स) कारोबार गर्ने ।
भफ्) व्यवसायको हित, प्रवर्द्धन तथा सो को बजारीकरण गर्ने, गराउने ।
ञ) संस्थाले गर्ने उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरि गुणस्तर सुधार, आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनका सम्बन्धी कार्य गर्ने ।
ट) संस्थाको व्यवासायिक प्रवर्द्धन तथा विकास सम्बन्धी त्रिफ्याकलायहरु सञ्चालन गर्ने ।
ठ) विभिन्न संघ, संस्था, कम्पनी वा अन्य निकायसँग साभफ्धोरीमा आयमुलक तथा अन्य सामाजिक कामहरु गर्ने ।
ड) संस्थाले स्वेदेशी वा विदेशी बैङ्क वा संस्था वा अन्य निकायबाट ऋण वा अनुदान लिन वा साभफ्दोरीमा काम गर्न ।
ASSOCIATION WITH

राष्ट्रिय सहकारि बैक

,नेफ्स्कुन

थाेक उपभोक्ता बिशिष्टिकृत सहकारि सघ

जिल्ला सहकारि सघ लि., इलाम

बचत तथा ऋण जिल्ला सहकारि सघ, इलाम

अन्तरिक राजश्व कार्यालय

इलाम नगरपालिका - सहकारि शाखा
Organizational Overview
Upto 2082/11/30
2176
2176
2,53,00,900
शेयर पूंजी
2,53,00,900
Shares
12,76,80,115
निक्षेप / बचत
12,76,80,115
Deposit
11,29,19,379
कर्जा बितरण
11,29,19,379
Loan
1,04,47,142
1,04,47,172
72,76,260
72,76,260
HISTORICAL TIMELINE
ऐतिहासिक पृष्ठभुमि
२०५२
संस्था स्थापना
२०५२
प्रारम्भीक सभा
२०६८
राष्ट्रिय सहकारी बैंकमा आवद्ध
२०७८
सफ्टवेयर मार्फत दैनिक कारोवार
२०७०
सदस्य राहत कार्यक्रमको शुभारम्भ
Next
Comming Soon