SUNGAVA SACCOS

NCBL
Nefscun
Thok Upabhokta Sang
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

MANAGER'S COMMITMENT

प्रबन्धकको प्रतिवद्धता
bhuwan
भुवन सुबेदी

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.,प्रदेश नं.१ मातहतको इलाम जिल्ला सदरमुकाम इलाम नगरपालिका वडा नं. ७, इलाममा अवस्थित सहकारी संस्था हो । स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोगको विकास गरी आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ साप नेपाल (SAP Nepal) को दिर्घकालिन साझेदारी कार्यक्रम अन्र्तगत बचत कार्यक्रमलाई अगाडी बढाउने उद्धेश्यले तत्कालिन सुनगाभा क्लबका कोषाध्यक्षलाई प्रशिक्षणमा पठाइयो । प्रशिक्षणबाट फर्किए पश्चात पेश गरिएको प्रतिवेदन अनुसार बचत कार्यक्रम संचालन गर्ने निर्णय गरियो । तत्कालिन सुनगाभा क्लबका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा संस्थाका पदाधिकारीहरुको वैठक २०५२ भाद्र ३ गते बस्यो । उक्त बैठकले बचत तथा ऋण सहकारीको गठन गर्ने निर्णय सहित दिनेश काफ्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्यो । उक्त समितिलाई सहकारी संस्था गठन गर्न आवश्यक कार्य सम्पन्न गर्न सम्पुर्ण अधिकार दिइयो ।

Scroll to Top