SUNGAVA SACCOS

NCBL
Nefscun
Thok Upabhokta Sang
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

MEMBERSHIP FACILITIES

सदस्यलाई प्रदान गरिने सेवा सुविधाहरु

सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.,प्रदेश नं.१ मातहतको इलाम जिल्ला सदरमुकाम इलाम नगरपालिका वडा नं. ७, इलाममा अवस्थित सहकारी संस्था हो । स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोगको विकास गरी आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ  बचत कार्यक्रम का साथ साथै सदस्यहरुलाई समय सापेक्ष रुपमा बिभिन्न किसिमका सेवा सुबिधाहरु पनि उपलब्ध गराउदै जाने क्रममा हालका दिन सम्ममा निम्नानुसारका राहात तथा अन्य सुबिधाहरु प्रदान गरिदै आएको छ ।

सदस्यलाई प्रदान गरिने सेवा सुविधाहरु :

योगदान (शेयर, मासिक बचत र अन्य कारोबारको नियमितता) मा आधारित

१) शेयर लगानीमा उत्कृष्ट लाभांस

२) बचतमा उत्कृष्ट व्याज भुक्तानी

३) कारोबारका आधारमा संरक्षीत पूँजी फिर्ताकोष वितरण

४) सदस्यको अन्तेष्टी तथा काजक्रिया खर्च रु. १,०००००।) एकाघर परिवार सदस्यत अन्तेष्टी तथा काजकिया खर्च रु. ३,०००/-

६) सरल, सुलभ व्याजदरमा पर्याप्त ऋण लगानी

७) सदस्य का परिवारका उत्कृष्ट संस्थागत र सामुदायिक विद्यालयका २ छात्र २ छात्रालाई जनही नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिने ।

८) सहकारी शिक्षा र अन्तरक्रिया कार्यक्रम 

९) साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरुलाई खाजा खर्च बापत रकम उपलब्ध गराईने 

१०) उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्यलाई पुरस्कार तथा सम्मान 

११) क्यान्सर, मुटु, किड्नी जस्ता जटिल प्रकृतिका रोगमा सदस्य राहात कार्यबिधीमा उल्लेख भए अनुसारको आर्थिक सहयोग

१२) प्राकृतिक प्रकोप राहात सम्म आर्थिक सहयोग

१३) ७० वर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान

१४) सदस्यको छोरा छोरी जन्मीएमा रु. ५००।- को बाल बचत खाता खोलि दिने ।

१५) महिला शेयर सदस्य सुत्केरी भएमा पोषण खर्च रु. २०००।- सम्म उपलब्ध गराउदै आएको ।

१६) सदस्यहरुको आवश्यकतामा आधारित निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना

(उल्लेखित सेवा सुविधाहरु प्राप्त गर्न मासिक बचत तथा ऋण कारोवार नियमित भएको हुनपर्नेछ । साथै अन्य शर्त सदस्य राहत नीति बमोजिम हुनेछ ।)

This is Demo Content

Scroll to Top