CHAIRMAN'S MESSAGE
यस सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. इलाम नगरपालिका इलाम भित्र रहेको छ । साविकको संरचना अनुसार इलाम नगरपालिकाका ९ वटा वडाहरुमा यस्को कार्य क्षेत्र रहेता पनि हालको संरचना गत हिसवमा इलाम नगरपालिका १२ वटा वडाहरु रहेता पनि संस्थाले हालका दिन सम्म साविक वमोजिम सेवा विस्तार गरिरहेको छ । आगामि दिनमा नगरपालिकाको १२ वटै वडाहरुमा संस्थाले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्दै सेवामा समेत विविधिकरण गर्ने छ । यस क्षेत्रका महिला तथा बिपन्न बर्गका समुदायहरुलाई आफूले आर्जन गरको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न प्रेरित गरि संकलन गरिएको तथा स्थानिय समुदायमा रहेका मध्यम तथा निम्न आर्थिक जिवनस्तर भएका शेयर सदस्यहरुको आय आर्जनमा सहयोग पुर्याउन यस सहकारीको माध्यमबाट बिभिन्न प्रयासहरु गरिएको छ ।
‘वित्तीय आवश्यकताको समाधान सहितको व्यवसायिक सहकारी’ बनाउने परिकल्पना लिएर 2052 सालदेखि निरन्तर रुपमा बचत, ऋण, तथा विप्रेषण लगायतका सेवाहरुमार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उकास्न प्रयत्न गरिरहेको यस सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि. को वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं। संस्थाको सेवा सुविधाका साथै आर्थिक तथा अन्य गतिविधिहरुको सूचना तथा जानकारीहरु सदस्य माझ प्रविधिको प्रयोगमार्फत छिटो, सरल र सहजरुपमा उपलब्ध गराउने उद्धेश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहाँहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।